पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार न्यौपानेको मृत्यु
पाल्पा | बैशाख ९, २०८०
पाल्पा: पाल्पाको झुम्सामा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपाने रहेका छन् ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

